उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट
काठमाडौँ, १० चैत – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग विभिन्न प्रदेशका प्रमुखहरूले सामूहिक शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा पर्शुराम खापुङ (कोशी प्रदेश), दीपकप्रसाद देवकोटा (बागमती प्रदेश) र नजिर मियाँ (सुदूरपश्चिम प्रदेश) सहभागी थिए।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानका साथै देशको वर्तमान अवस्था र समसामयिक विषयहरूमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
Facebook Comments Box

