महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान

काठमाडौं, ४ चैत – नेपाली कांग्रेस ले आगामी महाधिवेशनलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले आज जारी गरेको विज्ञप्तिअनुसार बैठक चैत ६ गते शुक्रबार बस्नेछ।

बैठक दिउँसो १ बजे वीपी स्मृति भवन स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ। बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, आगामी दिनमा अपनाइने रणनीति तथा आगामी महाधिवेशनबारे छलफल हुने पार्टीले जनाएको छ।

उक्त बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

Facebook Comments Box