साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, २५ फागुन – सर्वोच्च अदालत ले धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमल को उम्मेदवारी खारेजसम्बन्धी निर्णयको सक्कल फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोग को नाममा आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले आज उक्त आदेश जारी गर्दै धनुषा–१ मा साहको उम्मेदवारी खारेज गरिएको विषयमा मत परिणाम सार्वजनिक नगर्न पनि भनेको छ।

आदेशमा मतगणना सम्पन्न भए पनि अन्तिम मतपरिणाम घोषणा नगर्न निर्देशन दिइएको छ। साथै आदेश प्राप्त भएको मितिले सात दिनभित्र आधार–कारणसहित विपक्षी पक्षले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

Facebook Comments Box