पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ, १६ माघ – भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट प्रहरीले पाँच सय किलो गाँजासहित दश जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसहित अन्य नौ जना रहेका छन् । उनीहरू बिहीबार शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएका हुन् ।

प्रहरीका अनुसार उनीहरू ना७त ३५० नम्बरको ट्र्याक्टरमा सवार भई गन्तव्यतर्फ जाँदै थिए । जाँचका क्रममा ट्र्याक्टरमा रहेका ४३ वटा बोरामा राखिएको करिब ५०० किलो गाँजा बरामद गरिएको हो । पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । प्रयोग गरिएको ट्र्याक्टरसमेत प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box