काठमाडौँ उपत्यकामा ५०८ जना सहित देशभर थप २ हजार ७६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५०८ जना सहित देशभर थप २ हजार ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ५६९ आरटी पीसीआर तथा ५ हजार ४६८ एन्टीजेन परिक्षण सहित १३ हजार ३७ जनाको परिक्षण गर्दा २ हजार ७६७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ८०८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ हजार २० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ६४१ रहेको छ

