देउवा–ओली भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ, ७ पुस – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सभापति देउवाको निवास महाराजगन्जमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ।
भेटमा एमाले महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो। यसअघि पनि गत मङ्सिर १९ गते सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो।
Facebook Comments Box

