हुम्लाको लामासैना लेकमा ३५ भेँडा मृत फेला

हुम्ला, ४ पुस – हुम्लाको ताजाँकोट गाउँपालिका–१ काडाँगाउँस्थित लामासैना लेकमा चराउन लगिएका ३५ भेँडा मृत फेला परेका छन्। लामासैना जंगल क्षेत्रमा भेँडा मरेको ताजाँकोट गाउँपालिका–१ का बिरबल खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार ताजाँकोट गाउँपालिका–१ कै सीपी रिठालका भेँडा समेत सो घटनामा परेका छन्।

भेँडा मर्नुको कारण हालसम्म खुल्न सकेको छैन। तर विषालु खानेकुरा खाएको कारण भेँडा मरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। भेँडा मर्दा आफूलाई लाखौँ रुपैयाँ बराबरको क्षति भएको भेँडापालक रिठालले बताउनुभयो। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने स्थानीयको माग छ।

Facebook Comments Box