एनपील: काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज आमनेसामने
काठमाडौँ, ९ मङ्सिर – दोस्रो नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा उत्रँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४ बजे सुरु हुनेछ।करण केसीको कप्तानीमा रहेको काठमान्डुले तीन खेलमध्ये एक जित र दुई हार व्यहोरेको छ। हाल टोली दुई अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ।
यता रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले पनि तीन खेल खेलेको छ। लुम्बिनीले एकमात्र खेल जित्दै दुई हार व्यहोरेको छ र समान दुई अङ्कसहित चौथो स्थानमा छ। दुवै टोलीका लागि आजको खेल प्लेअफ सम्भावना जोगाइराख्ने महत्वपूर्ण अवसर मानिएको छ।
Facebook Comments Box

