‘बोलेरो’ दुर्घटनामा चालकको मृत्यु

चितवन, ७ मङ्सिर – चितवनमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार बा १८ च ८९७३ नम्बरको बोलेरो सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गर्दा गए राति करिब १०ः३० बजे अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका खैरहनी नगरपालिका–४ निवासी चालक राममणि न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुयाउँदा चिकित्सकले राति नै मृत घोषणा गरेको प्रहरीका सूचना अधिकारी खनालले जानकारी दिए। बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको थियो। वाहनमा चालक न्यौपाने मात्र सवार रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box