राष्ट्रपतिद्वारा ‘नेपाल विशेष सेवा ऐन’ संशोधन अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ संशोधनका लागि तयार गरिएको अध्यादेश जारी गरेका छन्। ‘नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२’ मंगलबार सार्वजनिक भएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सोही सिफारिसपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
Facebook Comments Box

