आजको मौसम पूर्वानुमान : चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ४ असोज — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर र पूर्वतर्फ सामान्य स्थान आसपास अवस्थित छ ।

  • दिउँसो : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश पहाडी क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ ।

    • कोशी र बागमती प्रदेशका केही स्थानमा

    • मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा

    • अन्य क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

  • राति : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रहनेछ । अन्य ठाउँमा आंशिक बदली रहनेछ ।

    • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा

    • बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा को सम्भावना छ ।

Facebook Comments Box