उपत्यकाका तीनै जिल्लामा कर्फ्यु आदेश

काठमाडौँ, — सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाहरूले सोमबार गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनापछि उपत्यकाका तीनै जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुनेगरी चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। यसअघि काठमाडौँ र ललितपुरमा पनि यस्तै आदेश जारी भइसकेको छ।

सोमबारको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा काठमाडौँमा १७ र इटहरीमा २ जनासहित १९ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। सम्भावित थप प्रदर्शन र हिंसा रोक्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको आदेशअनुसार कर्फ्यु अवधिभर कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ।

Facebook Comments Box