जनकपुरधाममा गणेश पूजाको मूर्ति विसर्जनमा झडप, अश्रुग्यास प्रहार
जनकपुरधाम (धनुषा), १४ भदौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
मूर्ति विसर्जनका क्रममा जुलुस मुस्लिम बस्ती हुँदै अघि बढ्दा विवाद उत्पन्न भई दुवै पक्षबीच ढुङ्गामुढा र झडप भएको प्रहरीको प्रारम्भिक जानकारी छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेकाले थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।
झडपमा घाइते भएकाबारे अहिलेसम्म विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

