आजको मौसम : देशभर मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १४ भदौ – हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा उत्तरतिर र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा, बागमती र गण्डकीसहित अन्य पहाडी क्षेत्रमा थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर बदली रहने र सबै प्रदेशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।
Facebook Comments Box

