नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा
चितवन, १ भदौ
बिहान पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। आज बिहान ९:३० बजे इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिक खसेको पहिरो पन्छाएपछि दिउँसो १ बजेदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
यसअघि बिहान ४:२० बजे गएको पहिरो पनि ८ बजेतिर हटाइएर सडक सञ्चालनमा ल्याइएको थियो। तर, पुनः खसेको पहिरोका कारण केही समय यातायात प्रभावित भएको थियो।
सडक खुल्नासाथ रोकिएका सवारीसाधन गन्तव्यतर्फ गएका छन्। सो क्षेत्रमा ढुङ्गा खस्ने जोखिम उच्च भएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
Facebook Comments Box

