चार संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ, २६ साउन

सङ्घीय संसद्का चार समितिको बैठक आज बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिले आफ्ना–आफ्ना एजेन्डा अनुसार छलफल गर्नेछन्।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल हुनेछ। कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल हुने कार्यक्रम छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ का सम्बन्धमा छलफल गर्नेछ। यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी सैद्धान्तिक छलफल हुने जनाइएको छ।

Facebook Comments Box