खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
झापा, २१ साउन – झापाको गौरादह नगरपालिका–४, जोरघरेमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो।
उहाँका छोरा सुशील नेम्वाङले आमालाई करेन्टले लडिरहेको देखेपछि गाउँलेलाई खबर गरेका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि पनि झापाकै बुद्धशान्तिमा सिँचाइका क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो।
Facebook Comments Box

