ट्राफिक कारबाहीबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
बागमती, १५ साउन – मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा रु २ करोड ४१ लाख ४५ हजार ५४ करिब राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार, आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने कुल ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो।
तुलनात्मक रूपमा, आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरी रु ३ करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन गरिएको थियो। उक्त वर्ष मकवानपुरमा ४०७ वटा सवारी दुर्घटना भएकोमा ५० जनाको मृत्यु भएको र ९६५ जना घाइते भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

