धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते
सुदूरपश्चिम, १८ असोज — धनगढीबाट पोखराका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बा२ख १९०७ नम्बरको बस आज दिउँसो धनगढी–डडेल्धुरा सडकखण्ड अन्तर्गत बोराडाँडीमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाले जानकारी दिनुभयो।
बसमा सवार अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र सबैको धनगढीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

