गुल्मीमा आगलागीबाट एक युवतीको मृत्यु

गुल्मी, ११ साउन — गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईमा भएको आगलागीमा परेर एक युवतीको ज्यान गएको छ। स्थानीय मनी विककी २५ वर्षीया छोरी जुना विकको आज बिहान मृत्यु भएको हो। धुर्कोट–५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना विकले आफैले घरमा आगो लगाएकी थिइन्।

आगलागीपछि स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। उक्त घटनाबाट तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ।

Facebook Comments Box