माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश
धनगढी, १ वैशाख – अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् ।
बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउदसँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।
Facebook Comments Box

