काभ्रेको भुम्लुमा बस दुर्घटना, २३ जना घाइते

काभ्रे, ३ साउन – काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित पौवामा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। शनिबार दिउँसो करिब १२:२० बजे रामेछापको डोरखानीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएर नियन्त्रण गुमाउँदा भित्री सडकखण्डमा दुर्घटना भएको हो। बसमा कुल ३२ जना यात्रु सवार थिए। दुर्घटनामा केही यात्रु मध्यम र केही सामान्य घाइते भएका छन्।

सबै घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनापछि बस घटनास्थलमै रोकिएको छ भने चालकलाई दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा लिइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइते यात्रुको विवरण:

क्रम नाम उमेर ठेगाना चोटपटकको अवस्था
1 भिम बहादुर मगर 46 रामेछाप मुख र घोडा, मध्यम
2 नम्बर सिंह तामाङ 44 दोरम्बा मुख र घाँटी, मध्यम
3 फुलमाया तामाङ 46 टाउको, मध्यम
4 राम बहादुर चापागाईं 30 काभ्रे कम्मर, मध्यम
5 मिन बहादुर बि.क. 45 आँखा र कुम, मध्यम
6 भुवन थापा मगर 28 ओठ, सामान्य
7 कमल सुनार 35 गोरखा च्यापु, मध्यम
8 सुवास तामाङ 26 च्यापु, मध्यम
9 निर्मला खत्री 44 देब्रे हात, सामान्य
10 सरोज रसाईली 21 देब्रे हात, सामान्य
11 राम गौतम 26 छाती र गाला, मध्यम
12 सरोज बि.क. 21 टाउको र खुट्टा, मध्यम
13 दोर्जे लामा 78 छाती (भित्री चोट), मध्यम
14 प्रकाश गौतम 17 छाती, सामान्य
15 असलमान तामाङ 59 कोखा दुखाई, सामान्य
16 सुकलाल लामा 64 छाती र घोडा, मध्यम
17 शेर बहादुर तामाङ 45 कोखा दुखाई, सामान्य
18 तारा बहादुर श्रेष्ठ 40 मुख, सामान्य
19 दिव्या थापा मगर 15 दाँत, सामान्य
20 चेत बहादुर श्रेष्ठ 51 कम्मर (भित्री चोट), मध्यम
21 माईली तामाङ 58 छाती (भित्री चोट), सामान्य
22 मैया बुढाथोकी 64 टाउको र हात, मध्यम
23 जनक रिजाल 41 कम्मर दुखाई, मध्यम
Facebook Comments Box