आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ असार –  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको दर केही घटेको छ भने युरोको दर भने बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा तोकिएको छ, जुन हिजोको तुलनामा केही बढी हो। शुक्रबार खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा थियो।

अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ:

  • पाउन्ड स्टर्लिङ: खरिददर १८६.५१, बिक्रीदर १८७.३२ रुपैयाँ

  • स्विस फ्र्याङ्क: खरिददर १६९.०७, बिक्रीदर १६९.८० रुपैयाँ

  • अष्ट्रेलियन डलर: खरिददर ८९.६४, बिक्रीदर ९०.०३ रुपैयाँ

  • क्यानेडियन डलर: खरिददर १००.८६, बिक्रीदर १०१.३० रुपैयाँ

  • सिङ्गापुर डलर: खरिददर १०७.५८, बिक्रीदर १०८.०५ रुपैयाँ

  • जापानी येन (१०): खरिददर ९.५०, बिक्रीदर ९.५४ रुपैयाँ

  • चिनियाँ युआन: खरिददर १९.२५, बिक्रीदर १९.३४ रुपैयाँ

  • साउदी रियाल: खरिददर ३६.८४, बिक्रीदर ३७ रुपैयाँ

  • कतारी रियाल: खरिददर ३७.९२, बिक्रीदर ३८.०९ रुपैयाँ

  • थाई भाट: खरिददर ४.२२, बिक्रीदर ४.२४ रुपैयाँ

  • युएई दिराम: खरिददर ३७.६४, बिक्रीदर ३७.८१ रुपैयाँ

  • मलेसियन रिङ्गेट: खरिददर ३२.५१, बिक्रीदर ३२.६५ रुपैयाँ

  • दक्षिण कोरियन वन (१००): खरिददर १०.१०, बिक्रीदर १०.१५ रुपैयाँ

  • स्वीडिस क्रोनर: खरिददर १४.३२, बिक्रीदर १४.३८ रुपैयाँ

  • डेनिस क्रोनर: खरिददर २१.३४, बिक्रीदर २१.४३ रुपैयाँ

  • हङकङ डलर: खरिददर १७.६१, बिक्रीदर १७.६९ रुपैयाँ

  • कुवेती दिनार: खरिददर ४५१.४०, बिक्रीदर ४५३.३६ रुपैयाँ

  • बहराइन दिनार: खरिददर ३६६.५४, बिक्रीदर ३६४.१३ रुपैयाँ

  • ओमानी रियाल: खरिददर ३५९.०५, बिक्रीदर ३६०.६० रुपैयाँ

  • भारतीय रुपैयाँ (१००): खरिददर १६०, बिक्रीदर १६०.१५ रुपैयाँ

नेपाल राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमय दर तोक्दै आएको छ, जुन आयात–निर्यात, विप्रेषण तथा पर्यटनलगायत कारोबारमा सन्दर्भका लागि प्रयोग गरिन्छ।

Facebook Comments Box