काठमाडौँ उपत्यकामा १ हजार १३१ जना सहित देशभर थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २३ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १३१ जना सहित देशभर थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार ४७१ आरटी पीसीआर तथा ३ हजार २६२ एन्टीजेन परिक्षण सहित १३ हजार ७३३ जनाको परिक्षण गर्दा ३ हजार ४७९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ८८ हजार ५७९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७३१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ८९८ रहेको छ

