काठमाडौँ उपत्यकामा १ हजार ३८४ जना सहित देशभर थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८४ जना सहित देशभर थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १४ हजार १८२ आरटी पीसीआर तथा ६ हजार ६३१ एन्टीजेन परिक्षण सहित २० हजार ८१३ जनाको परिक्षण गर्दा ६ हजार ६५३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ८१ हजार ५६० रहेको छ भने सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ७३१ रहेको छ

Facebook Comments Box