पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित

काठमाडौं, १२ फागुन – पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित भएको छ। सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै

उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आह्वान गरेको हो।

सरकारले माघ १० गते गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो।

 

Facebook Comments Box