पुरानै कार्यतालिका अनुसार पानी वितरण हुँने

काठमाडौँ, २१ जेठ – मेलम्चीको पानी सुरुङ सफाईको क्रममा केही समय पानी आउँन अवरुद्व हुँने भए पनि पुरानै कार्यतालिका अनुसार पानी वितरण भने नरोकिने भएको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी केही समय आउँन रोकिने देखे पछि पुरानै स्रोतबाट पुरानै तालिकामा पानी वितरण गर्ने भएको हो ।

उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले पानी वितरणकार्य नरोकिने बताउनुभयो । केहि समय देखि मेलम्चीको पानी आए पछि एक दिन विराएर पानी पठाउने कार्यतालिका भएकोमा अव पुरानै तालिका अर्थात नौ दिनमा एक पटक पानी पठाउने गरि तयारी अवस्थामा रहेको बताउनुभयो ।

केयूकेलले पुरानो स्रोतबाट दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको थियो । अव बर्षातको लाग्न थालेको बताउँदै पुरानो स्रोतबाट पानी संकलन गर्न सकिने र अपुग भएको अवस्थामा बाहिरबाट सार्वजनिक ट्रयाङकरबाट पानी ल्याएर भए पनि उपभोक्तालाई खाने पानीबाट बन्चित नगराउने उहाँको भनाई छ ।

मेलम्चीको पानी आए पछि नयाँ पाइपलाइनमा दैनिक र पुराना पाइपबाट एक दिन विराएर पानी वितरण भएकोमा अव केही समय उपभोक्तालाई असहज महशुस भने हुँने उहाँले बताउनुभयो ।

Facebook Comments Box