प्रधानमन्त्रीको आह्वानमा सरकार समर्थन सत्तापक्षीय दलको बैठक आज बस्दै
काठमाडौँ, १४ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सरकारलाई समर्थन गर्ने सत्तापक्षीय दलको बैठक आज बस्दै छ।अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरि सत्तारुढ दलकाे बैठक राखेका हुन्। संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ।
बालुवाटार निकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ। सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन्। यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेका स्रोतको दाबी छ।
Facebook Comments Box

