त्रिविका ११ शिक्षक र १२ कर्मचारीको कोरोनाका कारण निधन

काठमाडौँ, १७ जेठ – त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणका कारण हालसम्म ११ जना प्राध्यापकको निधन भएको जनाएको छ। यस्तै, १२ जना कर्मचारीको ज्यान गएको त्रिविले जनाएको छ।

आइतबार त्रिविले प्रकाशित गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो। दुई जना सह प्राध्यापक, पाँच जना उप प्राध्यापक र चार जना शिक्षण सहायकको कोरोनाका कारण निधन भएको विश्वविद्यालयले जनाएको छ। यस्तै, एक जना महाशाखा प्रमुखसहित विभिन्न पदमा कार्यरत १२ जना कर्मचारीको निधन भएको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments Box