पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौँ, २९ असोज – पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। योसँगै भारतीय क्रिकेट टोली पनि समूह चरणबाटै बाहिरिएको छ। न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो। जहाँ पाकिस्तानी टोली ५६ रनमा सीमित भयो।
न्युजिल्यान्डका लागि सुजी ब्याट्सले सर्वाधिक रन बनाइन्। उनले २९ बलमा २८ रनको इनिङ खेलिन। ब्रुक ह्यालिडेले २२ रन र जर्जिया प्लिमरले १७ रन जोडे। पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडे। यसबाहेक पाकिस्तानका कुनै पनि खेलाडीले दोहोरो अंक पनि पार गर्न सकेनन्।
समूह एबाट अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन्। भारत, पाकिस्तान र श्रीलंका विश्वकप जित्ने दौडबाट बाहिरिएका छन्।
Facebook Comments Box

