श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन
काठमाडौँ, ९ असोज – श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए ।
तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए । राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा. हरिनी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथ मन्त्री बनेका छन् ।
लगत्तै मंगलबार मध्यरातबाट लागू हुने गरी उनले संसद भंग गरेका हुन् । श्रीलंकाको संविधानले राष्ट्रपतिलाई त्यो अधिकार दिएको छ । साथै १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ । ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ ।
Facebook Comments Box

