बम विस्फोटमा घाइतेको उपचारमा प्रदेश र संघ सरकारको बेवास्ता

विराटनगर, २० भदौ – पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ । बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।

यसअघि बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचार गर्न कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । ती अस्पतालले काठमाडौं जान भने पनि उपचार खर्च अभावमा अभिभावकले फर्काएर फिदिममै लगेका थिए । गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो ।

मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले उनीहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएका हुन् । गत बिहीबार फालेलुङ गाउँपालिकाको डाडागाउँमा द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । उनीहरु दाजु-बहिनी हुन् ।

Facebook Comments Box