मानापाथी हिमालमा हिमपहिरो गएको ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ, ७ भदौ – धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए ।
‘सुरक्षा सतकर्ता अपनाउन भनेका छौं । जोखिमपूर्ण ठाउँका ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने । अहिले भने हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको डीएसपी पाण्डेयले बताए ।
‘अहिले पानीको बहाबले आफ्नो गति लिन थालेको छ । यसअघि थुनिएको खोलामा पानी बग्न थालेको छ । त्यसकारण त्यति जोखिम हुने देखिँदैन’, उनले भने । बोक्सीखोलाका पानी कालीगण्डकी नदीमा गएर मिसिन्छ ।
Facebook Comments Box

