संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

काठमाडौँ, १० जेठ – विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । त्यसका लागि नेताहरु अदालत पुगेका छन् ।

शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका १४६ सांसदको हस्ताक्षरसहित रिट तयार पारेर अदालत पुग्नेक्रम जारी छ ।

Facebook Comments Box