बिहारमा अत्यधिक गर्मीका कारण १४ जनाको मृत्यु
काठमाडौं, १८ जेठ – भारतीय प्रान्त बिहारमा अत्यधिक गर्मीका हालसम्म १४ जनाको मृत्यु भएको छ। तीमध्ये १० जना चुनावी काममा खटिएका व्यक्ति रहेको बीबीसी हिन्दीले जनाएको छ।
बिहार सरकारको विपद् व्यवस्थापन विभागले विज्ञप्ति जारी गर्दै मृत्यु भएका १४ जनामध्ये ५ जना भोजपुर जिल्लामा, ३ जना रोहतासमा, १ जना कैमुरमा र १ जना औरंगाबादमा चुनावी काममा खटिएका थिए।
यसबाहेक मर्ने अन्य चार जना औरंगाबादका बासिन्दा थिए। मृतकका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढेको छ । उत्तर र मध्य भारतमा अत्यधिक गर्मी छ।
यसअघि बिहारको एउटा विद्यालयको भिडियो सार्वजनिक भएको थियो, जसमा बालबालिका गर्मीका कारण बेहोस भएका थिए। धेरै बालबालिकालाई अस्पताल भर्ना गर्नुपरेको छ। यसपछि बिहारमा जुन ८ सम्मका लागि विद्यालय बन्द गरिएको छ।
Facebook Comments Box

