पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु
इलाम, ११ जेठ – इलाममा पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। घटना बिहीबारको हो। पौडी खेलिरहेको अवस्थामा तीन जना बालकको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय इलामा डीएसपी प्रकाश जबेगुले जानारी दिए।
मृत्यु हुनेमा माई नगरपालिका–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही ठाउँका आठ वर्षीय किस्मन आङदाम्बे छन्। ‘उनीहरुसँगै पौडी खेल्न गएका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ,’ डीएसपी जबेगुले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’
Facebook Comments Box

