भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई विमानस्थलबाट फर्काइयो
काठमाडौँ, ९ माघ – भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता गरिएको बताए।
भिजिट भिसाको बहानामा विभिन्न देश जान लागेका तर भिसाको प्रक्रिया नमिलेकालाई फिर्ता गरिएको हमालले बताए। उनीहरु दुवई, कतार, बहराइन लगायतका देशमा जान लागेका थिए।
तर भिसा लगायतका कागजात चेकजाँच गर्दा उनीहरु भ्रमण उदेश्य नभई अर्कै कामका लागि जान लागेको आशंकामा चेकजाँच गर्दा कागजातको प्रक्रिया पनि नमिलेको पाइएको अध्यागमनले जनाएको छ।
भिजिट भिसाको बहानामा विभिन्न देशमा पुगेर अवैध रुपमा काम गर्ने बढेपछि अध्यागमन विभागले कडाइ गर्न थालेको छ।
Facebook Comments Box

