तामाङ गुम्बाको ९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, १ माघ – छ्योर्तेन टासी तामाङ गुम्बाका ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २७ गते गुम्बाकै हल बौद्ध नयाँबस्तीमा सम्पन्न भएको सभालाई प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं.६ का अध्यक्ष नवराज लामा, संविधान सभा सदस्य हर्षजित लामा र गुम्बाका अध्यक्ष हरी लामाले संयुक्त रुपमा छ्योइमे बालेर उद्घाटन गरेका थिए ।

साधारण सभामा महासचिव हिराबहादुर लामाले वार्षिक प्रगती र कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए भने अध्यक्ष हरी लामाले वार्षिक कार्ययोजना प्रस्तुत् गरेका थिए । लामाबाट टासी मोन्लम, ताम्बाबाट साङसेरगेम र गुम्बाका वरिष्ठ उपाध्यक्ष सिद्धिबज्र लामाबाट शब्दबाट स्वागत गरेको उक्त कार्यक्रममा गुम्बा निर्माणमा योगदान पुर्याएका व्यक्तिहरु मेघ बहादुर गोले, छिरिङ छोइजुम लामा, छ्योइसाङ लामा, सन्तबहादुर लामा, गणेश घिसिङ, मिम सकल लामालगायतलाई सम्मान गरेका थिए ।

त्यसैगरी, देछेन छ्योइलिङ गुम्बा काभ्रे, साम्तेन टासी छ्योइलिङ गुम्बा सिन्धुली, साङतेन थर्पेलिङ गुम्बा सिन्धुली र ज्याङछ्युव धार्केलिङ गुम्बा काभे्रलाई संस्थागत सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं.६ का अध्यक्ष नवराज लामा, गुम्बाका प्रमुख सल्लाहकार मानबहादुर योन्जन, तामाङ घेदुङका सल्लाहकार परशुराम तामाङ, संविधान सभा सदस्य हर्षजित लामा, ओखलढुंगा काठमाडौं सेवा समाजका अध्यक्ष दिर्गा तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box