आजदेखि काठमाडौँ बासीका धारामा मेलम्चीको खानेपानी वितरण गर्दै
काठमाडौँ, १ माघ – मेलम्ची खानेपानी विकास समितिले आज (माघ १)देखि काठमाडौँ बासीका धारामा खानेपानी वितरण गर्दै छ। सोमबार बिहान ९ बजे सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पथान्तरण कार्यको शुभारम्भ गर्दैछन्। यसअघि नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका बनाएको छ।
गएको वर्षातको समयमा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौँका धारामा झर्न लागेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।
Facebook Comments Box

