बाबुले गरे छोराको हत्या

इलाम, २४ पुस – इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिनुभयो ।

Facebook Comments Box