जापान एयरलाइन्सको विमान अवतरणका क्रममा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी
काठमाडौँ, १७ पुस – जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ । एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्याङबाट धुँवा निक्लिएको देखिन्छ । यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो ।
Facebook Comments Box

