अनेरास्ववियुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं, १३ पुस – ललितुपरको बालकुमारी-ग्वार्कोमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएपछि सरकारको आलोचना सुरु भएको छ। उक्त घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायाणकाजी श्रेष्ठको राजीनामा मागेको छ।

शुक्रबार साँझ अनेरास्ववियुले काठमाडौंका विभिन्न स्थानमा सरकारको कार्यशैलीको विरोध गरेको हो। उनीहरू ज्यानमारा सरकार मुर्दावाद, युवाको स्वदेशमै भविष्य सुरक्षित गर, मान्छे मार्न पाइँदैन लगायत प्लेकार्डसहित विरोधमा उत्रेका थिए। उनीहरुले सरकारी गाडीलाई निशानामा राख्दै तोडफोड प्रयाससमेत गरेका छन्।

अनेरास्ववियुले पक्राउ परेका युवालाई बिनाशर्त तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको उपचार गर्न माग गरेकाे छ। परिस्थितीको गम्भीरता बुझेर प्रहरी दमनबाट नभइ आन्दोलनरत युवाहरूको समस्या बुझी वार्ता र संवादमार्फत समाधान गर्न अनेरास्ववियु अध्यक्ष समिक बडालले माग गरेका छन्।

Facebook Comments Box