ललितपुर र वीरगन्जको खेल बराबरी, २–२ अंक बाँडियो

काठमाडौँ, १९ मङ्सिर – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले लगातार तेस्रो खेलमा बराबरी गरेको दिन वीरगञ्ज युनाइटेड एफसीले भने अंकको खाता खोलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मगंलबार भएको खेलमा ललितपुर र विरगञ्जले २–२ को बराबरी गर्दै अंक बाँडे। पहिलो खेलमा जित निकालेको ललितपुरले त्यसपछिका तीन खेलमा लगातार बराबरी गरेको हो।

यता वीरगञ्जले भने तेस्रो खेलमा आएर अंकको खाता खोलेको हो। अंक तालिकाको पुछारमा रहेको विरगञ्ज १ अंकमा तालिकाको पुछारमा छ। खेलको पहिलो हाफमा २–१ ले पछि परेको वीरगञ्जले दोस्रो हाफमा गोल फर्काउँदै ललितपुरसँग अंक खोसेको हो। सुरुवातमा पछि परेको ललितपुरले वीरगञ्जविरुद्ध अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।

खेलको ५२ औँ मिनेटमा विरगञ्जले बराबरी गोल फर्कायो। विलियम ओपुकुको फ्रिकीक प्रहार क्रसबारमा लाग्दै बाहिरिदा त्यसकै रिवाउण्डमा कृपाकान्त महतो थारुले सुन्दर गोल गरे।

५७ औँ मिनेटमा विरगञ्जका जय गुरुङको सशक्त प्रहार सेकेण्डबारमा लाग्दै फर्किदा अग्रता बनाउने मौका गुमायो। पहिलो हाफको १० औँ मिनेटमा विलियम ओपुकु आसिडुको गोलमा विरगञ्जले सुरुआती अग्रता बनाएको थियो।

तर त्यसको चार मिनेटमा नै ललितपुरले बराबरी गोल फर्कायो। खेलको १४ औँ मिनेटमा एमोन इजिकेलको गोलमा ललितपुर खेलमा फर्किएको थियो। एमोनले विरगञ्जका डिफेन्डरलाई छल्दै अघि बढाएको बललाई गोलरक्षक दिप कार्कीलाई विट गर्दै बललाई पोष्टको जाली चुमाए। २८ औँ मिनेटमा निखिल सुरेशराओको गोलमा ललितपुरले अग्रता दोब्बर पार्यो।

त्यसअघि खेलको पाँचौ मिनेटमा नै ललितपुरका कप्तान अञ्जन विष्टको हेडर वीरगञ्जका गोलरक्षक दिप कार्कीले बचाए। २४ औँ मिनेटमा विवेक पौडेलको क्रसमा निखिल सुरेशराओको फितलो प्रहार पोष्टको नजिकबाट बाहिरिदा ललितपुरले अग्रता बनाउन सकेन। लिगमा भोलि स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।

Facebook Comments Box