विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, १८ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताविरूद्ध अदालतले ३५ दिने सूचना जारी गरेको छ।  काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो। माइला लामा र विप्लवविरुद्ध दुई वटा मुद्दा राज्यविरुद्धको कसुरकै दर्ता छन्। उनीहरूलाई आफैं अदालतमा उपस्थित हुन भनिएको छ।

हेमन्त प्रकाश ओलीसमेतलाई प्रतिवादी बनाएर २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो। २०८० मंसिर १० गते अदालतले प्रतिवादीहरु विप्लवसहितका विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश गरेको थियो।

यो सूचना जारी भएको मितिले बाटाको म्यादबाहेक ३५ दिनभित्रमा आफूसँग भएका प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ। म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम अगाडी बढाउने र पछि उजुरबाजुर नलाग्ने सूचनामा उल्लेख छ।

Facebook Comments Box