सर्वोच्चमा न्यायाधीश नियुक्तिको कसरत

काठमाडौँ, २३ कात्तिक – सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न न्यायपरिषदमा आज दिनभर छलफल भएको छ। आजको छलफल सकारात्मक भएको र भोलिसम्म नाम टुंगो लगाउने गरी उठेको न्यायपरिषदका एक सदस्यले  जानकारी दिएका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलासमै नबसी दिनभर न्यायपरिषदको छलफलमा सहभागी भएका थिए। छलफलमा न्यायपरिषदका अन्य सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ पनि थिए।

आज विस्तृमा कुराकानी भएको र धेरै हदसम्म समझदारी बनिसकेकोले भोलिसम्म निर्णय हुन सक्ने नेपालखबरको सम्पर्कमा आएका ती सदस्यले जानकारी दिए। सर्वोच्च अदालतमा अहिले ७ न्यायाधीश पद खाली छन्। २१ दरबन्दी रहेको सर्वोच्चमा एक तिहाइ न्यायाधीश कम हुँदा न्याय सम्पादनको काम प्रभावित भइरहेको छ।

Facebook Comments Box