यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसाल्यो

काठमाडौँ, २३ कात्तिक – एक वरिष्ठ अमेरिकी अधिकारीले यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसालेको बताएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार एक अमेरिकी अधिकारीले भनेका छन्, ‘अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमानएमक्यू-९ लाई यमनको तटमा हुथी सेनाले खसालेको छ।’

हुथी एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको समर्थक साउदी सरकारसँग युद्ध लडिरहेको छ। यसअघि हुथी विद्रोहीले इजरायल र हमासबीचको युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएमा हमाससँग मिलेर इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए। अक्टोबर ७ मा हमास र इजरायलबीच द्वन्द्व सुरु भएदेखि नै मध्यपूर्वमा आफ्ना सेनाविरुद्ध आक्रमण बढेको अमेरिकाले जनाएको छ।

Facebook Comments Box