पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा १० जना नेपाली मारिएको घटनाप्रति गहिरो दुःख व्यक्त

काठमाडौं, २२ असोज – पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा १० जना नेपाली मारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सोमबार विज्ञप्ति प्रकाशित गरी पूर्वराजाको संवाद सचिवालयले ‘अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा’ गम्भीर चिन्ता जाहेर गरेको छ।

सचिवालयले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि तत्काल पहल गर्न पनि सरकारसँग आग्रह गरेको छ।

Facebook Comments Box