पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु सहित देशभर थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २८ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९२७ जना सहित देशभर थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २० हजार ५९६ जनाको आरटी पीसीआर तथा ७२० जनाको एन्टीजेन सहित २१ हजार ३१६ जनाको परिक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख १३ हजार १११ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ४४८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ४ हजार ८४ रहेको छ ।

