किरात धर्ममा गाईगोरु मात्रै होइन, कुनै पनि जीवजन्तुको बलि निषेध छ : राजेन्द्र लिङ्देन

काठमाडौँ, ११ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले किरात धर्मावलम्बीहरुले आफ्नो धार्मिक ग्रन्थ मान्दै आएको मुन्धुमले कुनै पनि जीवजन्तुको बलि निषेध गरेको बताएका छन्।

सुनसरीको धरानमा केही साताअघि किराती समुदायले सार्वजनिक रुपमा गोरुको मासु खाएको घटना सार्वजनिक भएसँगै देशभर तनाव बढिरहेका बेला अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

अध्यक्ष लिङ्देन केही गैर लिम्बु जनजातिहरुले किरातहरुको धार्मिक ग्रन्थ मुन्धुमअनुसार लिम्बुहरुले गाईगोरुको बलि चढाउने चलन रहेको भनेर गरेको प्रचारप्रति उनले आपत्ति जनाएका छन्।

एक थोपो रगत नबगाई नेपालमा हिन्दु राष्ट्र फर्काउन सकिन्छ : राजेन्द्र लिङ्देन ‘विशेषगरि केही गैर लिम्बू जनजातिहरुले किरात मुन्धुम अनुसार लिम्बूहरुले गाईगोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु’, उनले सोमबार सामाजिक सञ्जालमा भनेका छन्।

उनले अरुको मुन्धुमबारे आफू अनभिज्ञ रहेको बताउँदै किरात धर्मले भने कुनै पनि जनावरको बलि निषेध गरेको बताएका छन्। ‘अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन्’, उनले भनेका छन्, ‘तर किराँत धर्मग्रन्थ मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्याङ्ग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैँसी वा कुनै पनि जीवजन्तुको हत्या (बलि) निषेध छ।’

Facebook Comments Box