पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३९ जनाको मृत्यु
काठमाडौँ, २७ वैशाख – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३९ जनाको मृत्यु सहित देशभर थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १७ हजार ६२७ आरटी पीसीआर तथा ७८८ एन्टीजेन परिक्षण सहित १८ हजार ४११ जनाको परिक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ३ हजार ७९४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ४२७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ८५९ रहेको छ

